राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

काठमाडाैं | चैत १६, २०७९

राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ । राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त हुनुभएको जानकारी दिनुभयो । 

 

नेता थापा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति सदस्य पनि हुनुहुन्छ । धनकुटालाई राजनीतिक थलो बनाउनु भएका उहाँ पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । 

 

यसअघि राष्ट्रपति पौडेलले परराष्ट्र विज्ञमा अलेक्जेन्डर भोन हम्बोल्डटको अध्येयतासमेत रहनुभएका डा. चालिसेलाई नियुक्त गर्नुभएको छ । उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि भइसक्नु भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्