राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

काठमाडाैं | चैत १६, २०७९

राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक विज्ञमा पूर्वमन्त्री सुनीलबहादुर थापा नियुक्त हुनुभएको छ । राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले राष्ट्रपतिको राजनीतिक विज्ञमा थापा नियुक्त हुनुभएको जानकारी दिनुभयो । 

 

नेता थापा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति सदस्य पनि हुनुहुन्छ । धनकुटालाई राजनीतिक थलो बनाउनु भएका उहाँ पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुनुहुन्छ । 

 

यसअघि राष्ट्रपति पौडेलले परराष्ट्र विज्ञमा अलेक्जेन्डर भोन हम्बोल्डटको अध्येयतासमेत रहनुभएका डा. चालिसेलाई नियुक्त गर्नुभएको छ । उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि भइसक्नु भएको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्